बैतडीको सिगास घर भएका प्रहरी जवान डडेल्धुरामा मृत फेला
बैतडी–बैतडी घर भएका प्रहरी जवान डडेल्धुरामा मृत अवस्थामा फेला परेका छन् ।
बैतडीको सिगास गाउँपालिका–३ डुँडै घर भइ जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा मृत फेला परेका हुन् । चितवन दरबन्दी भएका बोहरा डडेल्धुरामा कार्यरत थिए ।
उनी अमरगढी नगरपालिका–५ को ऋषि खोला सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत भेटिएका डडेल्धुरा प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार घटनाअघि उनले झुन्डिन लागेको तस्बिर समेत आफ्नी श्रीमतीलाई पठाएका थिए । श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि खोजी थालिएको थियो ।
खोजीका क्रममा उनी मृत भेटिएका हुन् । मृतक बोहराकी श्रीमती पनि नेपाल प्रहरी कार्यरत रहेको बुझिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३ ०८:५४
प्रतिक्रिया दिनुहोस्




