Sagun Khabar
विपद् प्रतिकार्यका लागि समुदायका नागरिक जागरुक बन्दै 

बैतडी –बैतडीमा विपद्बाट हुन सक्ने सम्भावित जोखिम रोक्नका लागि समुदायका नागरिक जागरुक बन्न थालेका छन् । विपद् प्रतिकार्य सीप हाँसिल गरेर उनीहरु समुदायमा हुन सक्ने विभिन्न विपदको जोखिमबाट बच्नका लागि प्रयास गरिरहेका हुन् । 

विपद् प्रतिकार्यका लागि विभिन्न सीपहरु सिकेर समुदायमा सचेतना फैलाउने गरेको पञ्चेश्वरका गौरव सार्कीले बताए । उनले भने ‘हामीले नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना लगायतको सहयोगमा विपद्बाट कसरी बच्ने भन्ने सीप सिकेका छौं । यसले हामीलाई समुदायमा केही समस्या भएमा सहयोग पुग्ने विश्वास गरेका छौं ।’

Atrya hospital

नेपाल रेडक्रस सोसाइटीले पश्चिम विपद् पूर्वतयारी परियोजना अन्तर्गत मेलौली र पञ्चेश्वरका २४ जनालाई विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम दिएको कार्यक्रम संयोजक गोविन्द पन्तले बताए । उनले भने ‘हामीले स्थानीयहरुले बाढी,पहिरो, आगलागि भएको बेला कसरी उद्धार गर्ने, अरुलाई कसरी बचाउने भन्ने बिषयमा तालिम दिएका छौं । स्थानीयस्तर विपद् प्रतिकार्यका लागि क्षमता विस्तारका लागि यो तालिम दिएका हौं ।’

स्थानीय समुदायका नागरिकलाई नेपाली सेनाको टोलीले प्रयोगात्मक सीप सिकाएको बैतडीस्थित हनुमानध्वज गुल्मका सहायक गुल्पपति गिरिजा भट्टले बताए । समुदायका नागरिकलाई फायर फाइटिङ, बाढी पहिरोको बेला उद्धार लगायतका सीप सिकाएको उनले बताए । 

समुदायका नागरिकले विपद् प्रतिकार्यका लागि सीप सिकेकाले स्थानीयस्तर हुने विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्छ । उनले भने ‘विपद् प्रतिकार्यका लागि समुदायको क्षमता अभिवृद्धि हुनु जरुरी छ । यसका लागि हामीले समुदायका नागरिकलाई सीप हस्तान्तरण गरेका छौं ।’

बैतडीमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गर्दै आएको पश्चिम विपद् पूर्व तयारी परियोजनाले विपद् व्यवस्थापनमा समुदायको क्षमता अभिवृद्धि गर्दै आएको मेलौलीका दशरथ दमाईले बताए । उनले भने ‘हामीले यो कार्यक्रमबाट विभिन्न खालका सीपहरु सिकेका छौं । यसले हामीलाई समुदायमा विपद् व्यवस्थापनका लागि सहयोग गर्दछ ।’

परियोजना अन्तर्गत विपद् व्यवस्थापन योजना बनाउने, वडास्तरमै समिति गठन गर्ने, उनीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य भईरहेको परियोजना संयोजक पन्तले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update