Sagun Khabar
सुदूरपश्चिममा सोमबार थप ४० जनामा कोरोना पुष्टि, कोरोनाबाट एक जनाको मृत्यु 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार थप ४० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी १ हजार ३५० जनाको नमूना परीक्षण गर्दा थप ४० जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १८ जना निको भएका छन् । यस्तै सोमबार सुदूरपश्चिममा कोरोनाबाट एकजनाको मृत्यु भएको छ । कञ्चनपुरका ५७ बर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update