Sagun Khabar
तोकिएकै समयमा महाधिवेशन हुन्छ : नेता लेखक
Atrya hospital

काठमाण्डौं –प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशनपनि सम्पन्न हुने बताएका छन्। सोमबार काठमाडौमा भएको एक साक्षात्कारमा बोल्दै नेता लेखकले यस्तो बताएका हुन्।

उनले भने,‘हामी १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा छौं। महाधिवेशन प्रक्रिया सुरु भैसकेको छ। क्रियाशिल सदस्यताको विवाद छैन्। ६९ जिल्लाको क्रियाशिल सदस्यताको कामकुरा सम्पन्न भैसकेको छ। अन्तिम नामावलीसमेत प्रकाशित भैसकेको छ,’ उनले ८ जिल्लाको क्रियाशिल सदस्यताबारे निर्णयबमोजिम कार्यसम्पादन गर्ने निर्णय भैसकेको भन्दै केही काम बाँकी रहेको बताए। ‘ आजभोलिमा यी काम सम्पन्न हुनेछ। क्रियाशिल सदस्यताको अन्तिम नामावली प्रकाशन हुन्छ र निर्वाचन समितिले पनि यसलाई प्रकाशित गर्छ’, उनको भनाइ छ।

दसैँअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने पनि लेखकले बताए। ‘कुनै–कुनै जिल्लामा विषम परिस्थितिबाहेक २१ वटा हिमाली जिल्लामा पनि दसैंभित्रै अधिवेशन गर्ने लक्ष्य छ। दसैंअघि भित्र ७७ वटै जिल्लाको वडा र पालिकाको अधिवेशन भैसक्छन्। अहिले पनि अधिकांशको वडा र पालिका अधिवेशन सम्पन्न भैसकेको छ। महाधिवेशन तयारी अघि बढिसकेको छ। हामी समयमै महाधिवेशन गर्ने अठोटका साथ लागेका छौं’, नेता लेखकको दावी छ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update