Sagun Khabar
बैतडीमा नेपाली सेनाद्वारा वृक्षारोपण 

बैतडी –बैतडीमा नेपाली सेनाले वृक्षारोपण गरेको छ । हनुमानध्वज गुल्मको टोलीले दशरथचन्द नगरपालिका २ कठपातेस्थित सेनाको फाइरिङ रेञ्जमा वृक्षारोपण गरेको सहायक गुल्मपति गिरिजा भट्टले बताए । 

नेपाली सेना, स्थानीय जनप्रतिनिधि लगायतको सहभागितामा सो क्षेत्रमा सोमबार विभिन्न जातका २५० बिरुवा रोपिएको उनले बताए । वातावरण संरक्षणका बिषयमा सबैलाई सचेत गराउन वृक्षारोपण गरिएको उनले बताए । 

Atrya hospital

डिभिजन वन कार्यालयबाट प्राप्त भएका विभिन्न जातका बिरुवाहरु रोपण गरिएका हुन् । ओखर, कल्की फूल, अमला, अम्बा, लप्सी, रीठा, धुपी, बाँस, टिमुर लगायतका बिरुवा रोपण गरिएका सहायक गुल्मपति भट्टले बताए । 

वृक्षारोपण कार्यक्रममा दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहरा, हनुमानध्वज गुल्मका गुल्मपति लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update