Sagun Khabar
बैतडीको डिलाशैनीमा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने 
Atrya hospital

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते फूलपाती असोज ३० गते सम्म मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

कोरोनाका कारण लामो समयपछि विद्यालय सञ्चालनमा आएकाले दशैंको समयमा ६ दिनमात्रै विद्यालय बन्द हुने गाउँपालिकाले जनाएको छ । कोरोनाका कारण बालबालिकाहरुको पठनपाठनमा समस्या भएकाले अब नियमित रुपमा विद्यालय सञ्चालन गर्ने गाउँपालिकाले जनाएको हो । यसअघि दशैंको समयमा एक महिना विद्यालय बन्द हुने गरेका थिए ।

दशैंदेखि तिहार सम्म लगातार बिदा हुँदा बालबालिकाहरुको शैक्षिक स्थिती झन् बिग्रने भएकाले यो बर्ष दशैंमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update