Sagun Khabar
बैतडीका स्थानीय तहमा राप्रपा नयाँ नेतृत्व चयन गर्दै 

बैतडी –राष्ट्रिय प्रजातन्त्र पार्टीले बैतडीमा पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन कार्यलाई तीव्रता दिएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा पार्टीको नयाँ कार्यसमिति चयन कार्य भईरहेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले जानकारी दिए । 

केही स्थानीय तहमा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भईसकेको छ भने केही स्थानीय तहमा नयाँ कार्यसमिति चयन प्रक्रियामा रहेको उनले बताए । 

Atrya hospital

पाटन नगरपालिकामा दानसिंह बिष्टको अध्यक्षतामा राप्रपाको नगर कार्यसमिति चयन भएको अध्यक्ष भट्टले जानकारी दिए । 

यस्तै डिलाशैनी गाउँपालिकामा भुपेन्द्र मालको अध्यक्षतामा गाउँ कार्यसमिति चयन भएको छ । यसैगरी मेलौली नगरपालिकामा ललितबहादुर चन्द र सिगास गाउँपालिकामा नरेन्द्र धामीको अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएका भट्टले बताए । 

असोज २० गतेभित्र जिल्ला अधिवेशन गरिसक्नुपर्ने भएकाले त्यो अगावै पालिका अधिवेशन सम्पन्न गर्ने अध्यक्ष भट्टले जानकारी दिए । राप्रपाको संगठनलाई बलियो बनाउन र राप्रपाका सिद्धान्तहरुलाई कार्यकर्ता सामू पुर्याउन अहिले नयाँ समिति चयन भईरहेको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update