Sagun Khabar
मुक्ति समाज पाटनको अध्यक्षमा लुहार
Atrya hospital

बैतडी-नेकपा एमालेको जनवर्गिय संगठन नेपाल उत्पीडित जातिय मुक्ती समाज पाटन बैतडीको नगर कमिटि गठन गरिएको छ । आज पाटन नगरपालिका स्थीत भएको भेलाले बल्देव लुहारको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटि गठन गरेको एमाले जिल्ला कमिटि सदस्य लोकेन्द्र भण्डारीले बताए । 
पार्टिका नेता कार्यकर्ता र मुक्ति समाज आवद्ध ब्यक्तिहरुको भेलाले नगरपालिकाका १०ओटै वडाहरुमा इन्चार्ज समेत तोकेको छ । यसपछि वडाहरुमा मुक्ति समाजले कार्यक्रम गर्ने बताएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update