Sagun Khabar
बैतडीको कठपातेमा स्कारपियो दुर्घटना, चालकले मापसे गरेको पुष्टि 
Atrya hospital

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ कठपाते नजिकै स्कारपियो दुर्घटनामा परेको छ । गोठलापानीबाट मेलौली तर्फ गईरहेको म १ च ६२३ नम्बरको स्कारपियो आइतबार साँझ ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 

स्कारपियो चालक शिवनाथ २ का २२ बर्षीय मीनराज ओझाले मदिरा सेवन गरेर स्कारपियो चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कारपियो नालीमा खसेकाले मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक ओझाले जानकारी दिए । 

चालकलाई अहिले प्रहरी नियन्त्रणमा राखिएको छ । दुर्घटना भएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । चालकले मदिरा सेवन गरेको पाइएकाले चालकलाई नियन्त्रणमा राखिएको बताइएको छ । स्कारपियोमा ८ जना सवार रहेका बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update