कैलाली –नेपाली काँँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि मानवीय सहायता तथा राहतस्वरूप आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक बाढी पीडितका लागि सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै, दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम बाढी प्रभावितका लागि सहयोग गर्ने भएका छन् ।
संसदीय दलका अनुसार उक्त सहयोगबाट जम्मा ३ लाख ६० हजार ८ सय ३३ रुपैयाँ संकलन हुनेछ । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइने कांग्रेस सुदूरपश्चिम संसदीय दलले जनाएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले संसदीय दलले उक्त निर्णय गरेको जनाएको छ ।




