Sagun Khabar
रसुवा बाढीपछि दार्चुलाका चार जना सम्पर्क विहिन 

दार्चुला –रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि दार्चुलाका चार  जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, कर्मचारी तथा जलविद्युत आयोजनामा कार्यरत नागरिक रहेका छन् । 

दार्चुलाको लेकम गाउँपालिका–४ दह घर भइ हाल नेपाली सेनाको श्रीनाथ गणमा दरबन्दी रहेका तथा सुरक्षा बेस टिमुरे, रसुवामा इन्चार्जका रूपमा कार्यरत सहायक सेनानी देवसिंह धामी बाढीपछि सम्पर्कविहीन भएका पारिवारिक स्रोतले जनाएको छ । बुधबार बिहान भोटेकोशीमा बाढी आएपछि उनीसँग सम्पर्क हुन सकेको छैन् । 

यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका घर भई टिमुरे भन्सार कार्यालयमा कार्यरत नरेशदत्त जोशी, त्रिशूली जलविद्युत–१ आयोजनामा कार्यरत शैल्यशिखर–८ का जयधन जोशी र दुहुँ गाउँपालिका–५ का नेपाली सेनामा कार्यरत विकास ठकुरी पनि सम्पर्क विहिन रहेका जनाइएको छ । 

उनीहरु सम्पर्क विहिन भएको तीन दिन भइसक्दा समेत अवस्था अज्ञात हुँदा परिवारजन चिन्तामा परेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update