किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा बैतडीका एक युवक धनगढीमा पक्राउ
बैतडी–कैलालीको अत्तरीयास्थित एक होटलमा राखेर किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
१४ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा बैतडीको सिगास गाउँपालिका–१ का २० बर्षीय राजेश धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धामीले असार २४ गते ती किशोरीलाई घरबाट अत्तरीया बोलाई एक होटलमा राखेर जबरजस्तीकरणी गरेको भन्ने उजुरी परेको र सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
धामीलाई सोमबार धनगढी उपमहानगरपालिका–८ को क्याम्पस चोकबाट पक्राउ गरिएको हो । उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३ ०७:३०
प्रतिक्रिया दिनुहोस्





