Sagun Khabar
नेरुडे मिर्मिरे लघुबित्तद्वारा किरिया खर्च हस्तान्तरण, ऋण मिनाहा 

बैतडी –बैतडीको सतबाँझस्थित नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाले एक सदस्यका परिवारलाई किरिया खर्च बाफतको रकम हस्तान्तरण गरेको छ । 

लघुबित्तले सुर्नया गाउँपालिका –४ की झरना महरालाई किरिया खर्च बापतको २५ हजार रुपैयाँ आज उनकै घरमा पुगेर हस्तान्तरण गरेको लघुबित्तका प्रमुख कमल जोशीले बताए । झरनाका श्रीमान हरिशसिंह भाटको गत जेठ ७ गते निधन भएको थियो । 

संस्थाकी सदस्य झरनाले लघुबित्त बित्तीय संस्थाबाट कृषि तथा पशुपालन व्यवसायका लागि ३ लाख ऋण निकालेकी थिइन् । ऋण लिएको एक महिनामै उनका श्रीमानको निधन भएपछि उक्त ऋण मिनाहा भएको नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाका कनिष्ठ सहायक विनोदप्रसाद अवस्थीले बताए । 

ऋण लिने बेला नै समूहकी सदस्य झरना र उनका श्रीमानको बीमा गरेकाले ऋण मिनाहा भएको अवस्थीले बताए । उक्त ऋण बीमाबाट चुक्ता गरिने बताइएको छ । 

नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाले समस्यामा परेका सदस्यहरुलाई सहयोग गर्दै आएको संस्थाका प्रमुख जोशीले बताए । यसअघि पनि समस्यामा परेका सदस्यहरुलाई सहयोग गरिएको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update