Sagun Khabar
रसुवा बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका १० जना सकुशल भेटिए

रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका १४० जनामध्ये १० जना सकुशल भेटिएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रहरीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका—३ बस्ने सुनिल चौधरी, भीमदत्त नगरपालिका—६ बस्ने चन्दा जोशी, वेदकोटका अजय राना सम्पर्कमा आएका हुन् । त्यसैगरी सुरेश राना, सन्तोष राना, बेलौरीका नवीन चौधरी, आर्दश चौधरी, कञ्चनपुरकै राकेश भट्ट, प्रदीप चन्द र डडेल्धुराका सुनिल बुढामगर सकुशल भेटिएका छन्।

उनीहरू मध्ये ७ जना हाइड्रो पावरमा काम गर्ने व्यक्ति र चन्दा नर्सिङकी विद्यार्थी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए।

अन्य दुई जना किन त्यहाँ गएका थिए भन्ने खुलेको छैन् । सम्पर्कविहीन भएका व्यक्तिको संख्या अझै १३० छ ।

एसएसपी बिष्टकाअनुसार कैलालीका ४९, कञ्चनपुरका ३४, बाजुराका १४, डडेल्धुराका १७, बैतडीका ८, दार्चुलाका ४, डोटी र बझाङका २÷२ जना रर अछामका एक जना सम्पर्कविहीन भएको विवरण छ ।

सुदूरपश्चिम घर भएर कामको सिलसिलामा रसुवा पुगेका मजदुर, कर्मचारी तथा सुरक्षाकर्मी बाढीमा परेका थिए

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update