Sagun Khabar
वडा सदस्यले चलाएको मोटरसाइकलबाट खसेर बैतडीमा एक महिलाको मृत्यु 
Atrya hospital

बैतडी–मोटरसाइकलबाट खसेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ कुलाउबाट सोही गाउँपालिकाको आम्चोरा जाने क्रममा आइतबार दिउँसो अढाई बजेतिर मोटरसाइकलबाट खसेर पञ्चेश्वर ३ गोगनपानीका ५० बर्षीय लक्ष्मी साउँदको मृत्यु भएको हो । 

पञ्चेश्वर गाउँपालिका वडा नं १ का वडा सदस्य परमल घटालले चलाईरहेको सु.प.प्र.०१००३ प २६६१ नम्बरको  मोटरसाइकलको पछाडी बसेका साउँद खसेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 

घटनाका बिषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको प्रवक्ता ओझाले बताए ।कच्ची सडकका कारण दुर्घटना भएको अनुमान गरिएपनि यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update