Sagun Khabar
बैतडीमा आइतबार थप २ जनामा कोरोना पुष्टि, २ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –बैतडीमा आइतबार थप २ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यस्तै आइतबार २ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले १७ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ८ जना, पाटन नगरपालिकामा ४ जना, सुर्नया गाउँपालिकामा २ जना र सिगास गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेका बताइएको छ ।

जिल्लाका ६ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update