कैलालीमा थुनुवा फरार प्रकरण : पाँच सदस्यीय छानबिन समिति गठन, प्रहरी जवान निलम्बित
कैलाली–कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागूऔषध मुद्दाका थुनुवा फरार भएको घटनामा छानबिन समिति गठन गरिएको छ । घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डिएसपी योगेन्द्र तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो ।
आइतबार राति लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवा संजय नगार्जी हिरासतबाट फरार भएका थिए । उक्त घटनापछि ड्युटीमा रहेका प्रहरी जवान ललि भण्डारीलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फरार थुनुवा संजय नगार्जीको खोजी कार्य तीव्र पारिएको छ भने छानबिन समितिले घटनामा लापरबाही वा कमजोरी भए–नभएको विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०८३ १२:१८
प्रतिक्रिया दिनुहोस्





