Sagun Khabar
बैतडीमा ४५ बर्षमाथिका नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्य शुरु 

बैतडी –बैतडीमा ४५ बर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप दिने कार्य शुरु गरिएको छ । जिल्लाभरी ४५ बर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने कार्य शुरु गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकामा खोप दिने कार्य सम्पन्न भएको छ भने मेलौली नगरपालिकामा आजदेखि खोप अभियान शुरु भएको छ । 

Atrya hospital

यस्तै दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा भोली र पर्सी खोप अभियान सञ्चालन हुने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

यसैगरी पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा असोज १२ र १३ गते खोप अभियान सञ्चालन हुनेछ भने डिलाशैनी गाउँपालिकामा असोज १४ र १५ गते खोप अभियान सञ्चालन हुने बताइएको छ । भेरोसेल खोपको दोश्रो मात्रा २८ दिनभित्र लगाईसक्नुपर्ने हुन्छ । 

जिल्लाका प्रत्येक वडाका खोप केन्द्रहरुबाट खोप दिने कार्य भईरहेको बताइएको छ । खोप केन्द्रमा जाँदा स्वास्थ्यका मापदण्ड परिपालना गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update