Sagun Khabar
घर–घरमा स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गाउँ–गाउँ र घर–घरमा स्वास्थ्य सेवा पु¥याउनुपर्नेमा जोड दिएका छन् । शनिबार धनगढीमा आयोजित अन्तिम चरणसम्म स्वास्थ्य सेवा पु¥याउने विषयक प्रदेशस्तरीय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएकाले प्रदेश सरकार स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्ध रहेको बताएका हुन् । 

आफू मुख्यमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिमका पाँच वटा आधारभूत अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषय नीति तथा कार्यक्रममा समेटिएको उनले उल्लेख गरे । तीमध्ये दुई वटा अस्पताल मापदण्ड पूरा गरी प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति भइसकेका छन् भने बाँकी तीन वटालाई मापदण्ड पूरा गराई विशेषज्ञ सेवा प्रवाह गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

मुख्यमन्त्री शाहका अनुसार आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम तथा बजेटमा कैलालीको टीकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी एक सय शय्याको बनाउने योजना समेटिएको छ । साथै, जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने र प्रादेशिक अस्पतालहरूमा मिर्गौला डायलासिस सेवाको विस्तारका लागि प्रक्रिया अघि बढाइएको उनले बताए ।
 

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update