Sagun Khabar
पुर्चौंडीमा आइतबार बिदा नहुने 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाले असार २१ गते आइतबारका दिन कार्यालयमा बिदा नहुने जनाएको छ । 

चालु आर्थिक बर्षको अन्त्यमा योजना तथा कार्यक्रमको भुक्तानी, लेखा व्यवस्थापन र अन्य अत्यावश्यक बित्तीय कार्यहरु सम्पन्न गर्नुपर्ने भएकाले कार्यालय खुला रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

असार २१ गते आइतबारका दिन नगरपालिका र वडा कार्यालयहरु नियमित कार्यालय समय अनुसार सञ्चालन हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर नेपालीले बताए । 

Purchudi-1783150661.jpg
 

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १३:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update