Sagun Khabar
बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा –बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पु¥याएपछि उच्च जोखिममा रहेका १४ घरका  ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

बिहीबार दिउँसो अविरल बर्षासँगै खसेको पहिरोले ५७ बर्षीय पूर्णिमल बोहरा र ३८ बर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार दुवै घरभित्रका सामान पुरिएका छन् , आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । 

उनीहरूलाई अस्थायी टहरामा सारिएको छ । पुरिएका सामग्री निकाल्ने प्रयास पनि जारी छ । यसैबीच, गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिँदै उनीहरूको सहयोगमा जुट्न स्थानीय सामाजिक सङ्घसंस्थालाई आह्वान गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १०:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update