Sagun Khabar
बैतडीमा नवजात शिशु मृत्युदर बढ्यो 

बैतडी –बैतडीमा नवजात शिशुको मृत्युदर बढ्दै गएको छ । बैतडीमा गत आर्थिक बर्षमा ४८ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०७६÷७७ मा ४२ जना नवजात शिशुको मृत्यु भएकोमा गत आर्थिक बर्षमा त्यो संख्या बढेर ४८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

गत आर्थिक बर्षमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १२ जना नवजात शिशुको मृत्यु भएको छ । यस्तै मेलौली नगरपालिकामा ८ जना, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा ६÷६ जना, पाटन नगरपालिका र शिवनाथ गाउँपालिकामा ४÷४ जना, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा ३÷३ जना र दोगडाकेदार गाउँपालिकामा २ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

Atrya hospital

नवजात शिशुको मृत्युका धेरै कारण भएपनि बालविवाहका कारण पनि यस्तो समस्या आएको हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए । २० बर्ष मुनिको आमाले बच्चा जन्माउँदा जटीलता हुने भएकाले यस्ता खालका समस्या देखिने गरेको उनले बताए । 

अहिले पनि जिल्लाभरी किशोरी आमाहरुले बच्चा जन्माईरहेकाले नवजात शिशुहरुमा विभिन्न खालका समस्या देखिने गरेको स्वासथ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १०:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update