Sagun Khabar
बैतडीको झोकालीका नवीन भुलको अल्पायुमै निधन : परिवारको विचल्ली, सहयोगको अपिल 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–१ झोकालीका नवीन भुलको २६ बर्षको अल्पयुमै निधन भएपछि उनको परिवार विचल्लीमा परेको छ । 

लामो समयदेखि बिरामी रहेका भुलको असार १४ राति मृत्यु भएको थियो । उनको घरमा श्रीमति,दुई छोरी र बुढेसकालकी आमा रहेकी छन् । घरको कमाउने मान्छेको नै अल्पायुमै निधन भएपछि नवीनको परिवार समस्यामा परेको स्थानीय रमेशकान्त बडूले बताए ।

केही बर्ष पहिला क्यान्सरका कारण बुवा गुमाएका नवीनको समेत निधन भएपछि उनको घरको आधार ढलेको बडूले बताए ।

श्रीमानको अल्पायुमै मृत्यु भएपछि उनकी २३ बर्षीया श्रीमती राजमती भुललाई दुई छोरी र वृद्धा सासुआमाको पालनपोषणमै समस्या भएको छ । कमाइको कुनै आधार नभएका भुल परिवारलाई दैनिक छाक टार्न समेत धौ–धौ परेको बडूले बताए । 

यसैबीच नवीनको अकालमै मृत्यु भएपछि उनको परिवारका लागि सहयोग अभियान सञ्चालन गरिएको छ । मृतकको नवीनकी श्रीमतीको नाममा खाता समेत नभएकाले स्थानीय केशवराम भुलको खातामा रकम जमा गर्ने गरेर अभियान सञ्चालन गरिएको हो । 

समस्यामा परेका परिवारलाई सहयोग गर्नु नै मानवीय धर्म भएकाले सहयोग अभियान सञ्चालन गरिएको बडूले बताए । सहयोग गर्न चाहने महानुभावहरुले केशवराम भुलको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा रहेको खाता नम्बर ०६५०५०५०२९४९०४ मा रकम जमा गर्न सक्ने बताइएको छ । 

यस्तै भारतबाट सहयोग गर्न चाहने महानुभावहरुले ९०३६२७७४४९ नम्बरमा रकम जमा गर्न सक्ने बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update