Sagun Khabar
बैतडी कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन 

बैतडी–नेपाली कांग्रेस बैतडीले नयाँ क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गरेको छ । पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । 

कांग्रेसमा युवाहरुको सहभागिता बढाउनका लागि ३५ बर्षभन्दा मुनिका युवाहरुलाई प्राथमिकतामा राखेर क्रियाशील सदस्यता वितरण गर्ने कार्य भइरहेको सचिव चन्दले बताए । केन्द्रीय प्रतिनिधि सुशीला मिश्र भट्टको सहभागितामा जिल्लाका १० ओटै स्थानीय तहमा क्रियाशील सदस्यता वितरण गर्ने कार्य भइरहेको कांग्रेस बैतडीले जनाएको छ । 

यही असार १५ गतेदेखि सञ्चालन गरिएको अभियना असार १९ गतेसम्म सञ्चालन हुने बताइएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा कार्यक्रमको आयोजना गरेर क्रियाशील सदस्यता वितरण गर्ने कार्य भइरहेको सचिव चन्दले बताए । 

यस्तै नेपाली कांग्रेसले क्रियाशील सदस्यहरुलाई सदस्यता अद्यावधिक गर्न पनि आग्रह गरेको छ । यसअघि अद्यावधिक गर्न छुटेका क्रियाशील सदस्यहरुलाई सदस्यता अद्यावधिक गर्न आग्रह गरिएको सचिव चन्दले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  ०८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update