Sagun Khabar
बैतडीको पाटनमा कांग्रेस सभापतिमा मानबहादुर ऐर विजयी 
Atrya hospital

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाटन नगरपालिकाकोे नगर सभापतिमा मानबहादुर ऐर विजयी भएका छन् । ऐरले ९७ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी जयसिंह बिष्टले ६८ मत ल्याए । 

यस्तै उपसभापतिमा रमेश महरा १०३ र कृष्णबहादुर कुँवर ७६ मत ल्याएर विजयी भएका छन् । यसैगरी सचिवमा लवदेव जोशी र जगदीशसिंह बिष्ट निर्विरोध निर्वाचित भएका मतदान अधिकृत लक्ष्मणसिंह बोहराले बताए ।

सहसचिवमा कैलाश चन्द ११९ र कृष्णा पन्त ९० मत ल्याएर विजयी भएका छन् । नगरकार्यसमितिका अन्य सदस्यहरु भने सहमतिमै चयन भएका मतदान अधिकृत बोहराले बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २०:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update