Sagun Khabar
दशरथचन्द नगरमा कांग्रेस सभापतिमा भुवनराज भट्ट निर्वाचित, भट्टको प्यानलै विजयी 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् । भट्टले १०४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी गजेन्द्रसिंह रावलले ७९ मत ल्याए । 

यस्तै उपसभापतिमा भट्ट प्यानलकै सुरजबहादुर चन्दले ११९ र हरिराम टमाटाले ११७ मत ल्याएर विजयी भएका छन् । यसैगरी सचिवमा भट्ट प्यानलकै गणेशसिंह थापाले ११७ र श्यामबहादुर चन्दले ११५ मत ल्याएर विजयी भएका छन् । 

Atrya hospital

सहसचिवमा भट्ट प्यानलकै उत्तमराज जोशीले ११६ मत र राजेन्द्रप्रसाद बडुले ११७ मत ल्याएर विजयी भएका मतदान अधिकृत रघुबीरसिंह थापाले बताए । 

नगरकार्यसमितिका अन्य सदस्यहरु भने सहमतिमै चयन भएका छन् । शनिबार सम्पन्न भएको नगर अधिवेशनले ६४ सदस्यीय नगर कार्यसमिति चयन गरेको मतदान अधिकृत थापाले बताए । 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update