बैतडीको शाहीलेकमा बस दुर्घटना : नौ जना घाइते (अपडेट)
बैतडी–बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको सुपप्र ०१००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर घाइते भएका नौ जनाको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको प्रहरीले जनाएको छ । बस सडकबाट करीब ३० मिटर तल खसेको छ ।
बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३ १९:००
प्रतिक्रिया दिनुहोस्





