Sagun Khabar
बैतडीमा नेरुडे मिर्मिरे लघुबित्तद्वारा बीमा र किरिया खर्च बाफतको रकम हस्तान्तरण

बैतडी–बैतडीको सतबाँझस्थित नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाले एक सदस्यका परिवारलाई बीमा र किरिया खर्च बाफतको रकम हस्तान्तरण गरेको छ । 

लघुबित्तले पाटन नगरपालिका–४ चिल्लेपानीमा सञ्चालन गरेको केन्द्र नम्बर १५ की सदस्य देवकी भाटलाई बीमा र किरिया खर्च बापतको रकम उपलब्ध गराएको हो । देवकीका श्रीमान हरिसिंह ऐरीको गत पौषमा मृत्यु भएपछि लघुबित्त बित्तीय संस्थाले उनलाई रकम उपलब्ध गराएको नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्था सतबाँझका प्रमुख कमलराज जोशीले बताए । 

संस्थाकी सदस्य देवकी भाटले कस्मेटिक पसल सञ्चालनका लागि लघुबित्त बित्तीय संस्थाबाट ऋण निकालेकी थिइन् । सोही बेला देवकी र उनका श्रीमानको बीमा गरिएको र श्रीमानको मृत्यु भएकाले बीमा र किरिया खर्च बापतको रकम आज हस्तान्तरण गरिएको संस्थाका कनिष्ठ सहायक विनोदप्रसाद अवस्थीले बताए ।

सदस्य देवकी भाटलाई बीमा बापतको ७ लाख रुपैयाँ र किरिया खर्च बापतको २५ हजार रुपैयाँ गरेर ७ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको हो 
 

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update