Sagun Khabar
बैतडीको शिवनाथमा कांग्रेस सभापतिमा हिरा चन्द, पूरै कार्यसमिति सर्वसम्मत चयन 
Atrya hospital

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसको ३९ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत चयन भएको छ । सो समितिको सभापतिमा हिरा चन्द, उपसभापतिमा जयसिंह साउँद र लालसिंह साउँद, सचिवमा केशवदत्त कलौनी र गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर र लक्ष्मणदत्त पन्त निर्विरोध चयन भएका मतदान अधिकृत जनकबहादुर चन्दले बताए । 

यस्तै अन्य सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएका उनले बताए । समितिको कोषाध्यक्ष पछि मनोनित गरिने बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update