Sagun Khabar
बैतडीको दोगडाकेदार –४ को वडा कार्यालयमा तोडफोड, ल्यापटप चोरी 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–४ को कार्यालयमा तोडफोडसहित चोरी भएको छ । गएराति वडा कार्यालयको छतको ढोका फुटाएर ल्यापटप चोरी गरेको वडा अध्यक्ष तर्कराज भट्टले जानकारी दिए । 

मूल ढोकामा च्यानल गेट भएका कारण चोरले छतमा उक्लेर चोरी गरेको वडा अध्यक्ष भट्टले जानकारी दिए । चोरले सिसीटीभी क्यामेराको तार चुडाएको छ भने चार्जरसहित ल्यापटप चोरेर लगेको छ । अन्य कम्प्युटरका तारहरु समेत चुडालेको बताइएको छ । 

चोरीको बिषयमा प्रहरीलाई जानकारी गराए लगत्तै टोली खटिएको र घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

चोरले कार्यालयबाट चोरेर लगेको ल्यापटपको चार्जर र मोबाइलको चार्जर भने बसालीस्थित बाटोमा भेटिएको वडा अध्यक्ष भट्टले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update