Sagun Khabar
बैतडीको सुर्नयामा महराको नेतृत्वमा कांग्रेसको पालिकास्तरीय समिति सर्वसम्मत चयन 
Atrya hospital

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीको सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत पालिकास्तरीय समिति चयन भएको छ । प्रतापसिंह महरालाई सभापति पदमा सर्वसम्मत चयन गरेका नेता कार्यकर्ताहरुले पुरै कार्यसमिति सहमतिमै चयन गरेको मतदान अधिकृत उत्तमबहादुर कुँवरले बताए । 

यस्तै उपसभापतिमा करबीरसिंह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तमबहादुर चन्द र सुन्दरसिंह बिष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत चयन भएका मतदान अधिकृत कुँवरले बताए । ४७ सदस्यीय नेपाली कांग्रेसको सुर्नया गाउँपालिका कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । 

जिल्लाका केही स्थानीय तहमा चुनाव मार्फत नयाँ समिति चयन भईरहेको छ भने केही तहमा सहमतिको प्रयास भईरहेको छ । जिल्लामा शिवराज भट्ट र चतुरबहादुर चन्दको नेतृत्वमा अलग –अलग प्यानलले चुनावी प्रचारप्रसार गरिरहेका छन् । भट्ट नेतृत्वको प्यानलले संस्थापन पक्ष भएको दाबी गरिरहेका बेला चन्द नेतृत्वको प्यानलले संयुक्त प्यानल भएको दाबी गरिरहेको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update