Sagun Khabar
सुदूरपश्चिम सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷०८४ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतका साथ पारित भएको छ ।

शनिबार बसेको प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत ११औँ बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरेको हो । करिब १२ मिनेटसम्म चलेको बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

मुख्यमन्त्रीको जवाफपछि सभामुख भीम बहादुर भण्डारीले नीति तथा कार्यक्रम निर्णयार्थ सभामा प्रस्तुत गरेका थिए । त्यसपछि “सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम” प्रदेश सभा नियमावली, २०८० को नियम ३८ को उपनियम (४) बमोजिम बहुमतले पारित भएको सभामुख भण्डारीले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update