Sagun Khabar
बैतडीको पाटनका एक जना बेपत्ता 

बैतडी–बैतडीको पाटन नगरपालिका–८ राङ्गाजुजौना  घर भएका एकजना बेपत्ता भएका छन् । 

अन्दाजी ६५ बर्षीय जयसिंह महरा गएको बुधबारदेखि बेपत्ता रहेका स्थानीय एवं जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए । 

भैंसी खरीद गर्नका लागि पाटन नगरपालिका–२ ठडकुडा गएका स्थानीय गगनसिंह महरासँगै जयसिंह महरा पनि बुधबार ठडकुडा गएका थिए । उनी ठडकुडाबाटै बेपत्ता भएका भाटले बताए । 

बेपत्ता जयसिंह महराको खोजीका लागि गाउँलेहरुको टोली खटिएको छ भने प्रहरीमा समेत निवेदन दिएको भाटले बताए । निवर्तमान वडा सदस्य समेत रहेका महराको खोजी कार्य जारी रहेको भएपनि फेला पार्न सकिएको छैन् । 

बेपत्ता भएका महरालाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४८९७९६२७, ९८४८८६०१२३, ९८६१२९४३९७ र ९८६३०८०९७९ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update