सुर्नयामा आइतबार पनि सेवा प्रवाह हुने
बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले आइतबार पनि सेवा प्रवाह गर्ने भएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार अबदेखि आइतबार पनि सेवा प्रवाह गरिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी तवरले सेवा प्रदान गर्न आइतबार सेवा प्रवाह गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
गाउँपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरु आइतबार खुला रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र विकले बताए । विद्यालय बाहेक गाउँपालिका मातहतका अन्य सरकारी कार्यालयहरु आइतबार खुला रहने उनले बताए । सेवाग्राहीहरुको सहजताका लागि आइतबार कार्यालय खुला राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विकले बताए ।

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३ ०७:१८
प्रतिक्रिया दिनुहोस्





