Sagun Khabar
बैतडीका एक जनाको भारतमा मृत्यु 

बैतडी–रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एकजनाको मृत्यु भएको छ । 

जिल्लाको पाटन नगरपालिका–३ कल्तडी, हिउँनया बस्ने अन्दाजी ५३ बर्षीय जगदीश भट्टको मृत्यु भएको स्थानीय केशवदत्त भट्टले बताए । 

भारतको चण्ढीगढमा रोजगारी गर्दै आएका भट्टको बिहीबार राति ड्युटीमै रहेको बेला मृत्यु भएको बताइएको छ । श्वासप्रश्वास सम्बन्धी समस्या झेल्दै आएका भट्टको एक्कासी निधन भएको उनले बताए ।  

करीब एक बर्ष अगाडि रोजगारीका लागि भारत गएका भट्टको निधन भएपछि घरपरिवारमा ठूलो ब्रजपात परेको छ । परिवार पाल्नकै लागि भारत गएका भट्ट उतै अस्ताएपछि कल्तडी गाउँ शोकमा डुबेको स्थानीय केशव भट्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update