बैतडी घर भएका प्रहरी जवान भट्टको लडेर मृत्यु
बैतडी- बैतडी घर भएका एक प्रहरी जवानको मंगलबार राति ड्युटी सकेर चौकीतर्फ फर्किने क्रममा लडेर मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका १ घर भएका खेमराज भट्टको दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलास्थित अस्थायी प्रहरी चौकी होपरीगाडमा कार्यरत प्रहरी जवान खेमराज भट्ट मंगलबार राति १० बजेतिर ड्युटी सकेर चौकीतर्फ फर्किने क्रममा लडेर घट्टकुलोमा खसेपछि गम्भीर घाइते भएका थिए । घटनालगत्तै उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पु¥याइएको थियो ।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले भट्टलाई मृत घोषणा गरेका हुन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३ १५:३६
प्रतिक्रिया दिनुहोस्





