Sagun Khabar
बामपन्थी नेता अवस्थीको निधन 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ६ मूलखटाली घर भएका बामपन्थी आन्दोलनका अग्रणी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको निधन भएको छ । अवस्थी पछिल्लो समयमा कैलालीको गोदावरी नगरपालिका वडा नं १ गेटा बिजौरा बस्दै आएका थिए । उनको बिजौरामै शनिबार बिहान साढे १० बजेतिर ८६ बर्षको उमेरमा निधन भएको आफन्त पदमराज अवस्थीले बताए । 

समाज परिवर्तनका लागि लामो समयदेखि संघर्ष गर्दै आएका अवस्थी केही बर्षदेखि अस्वस्थ रहेका थिए । बैतडीमा बामपन्थी आन्दोलनलाई अघि बढाउन अवस्थीको ठूलो योगदान रहेको छ । यस्तै जातीय विभेद अन्त्यका लागि समेत अवस्थीले ठूलो योगदान पुर्याएको स्थानीयहरुले बताएका छन् । 

Atrya hospital

२०४६ सालको परिवर्तन पछि एमालेबाट चुनाव समेत लडेका अवस्थी पराजित भएका थिए । उनले चुनाव ताका लगाएको एक भोट एक नोटको नारा धेरै चर्चामा रहेको छ । 

प्रबल जनसेवा (चतुर्थ श्रेणी) मानपद्वीबाट विभूषित भएका अवस्थीले गोरखा दक्षिणबाहु पनि पाएका थिए । पृथ्वीराज अवस्थीलाई वैचारिक र निष्ठावान नेताका रुपमा लिने गरिन्छ । उनले लामो समयसम्म नागरिक समाज बैतडीको नेतृत्व समेत गरेका थिए । 

अवस्थीको निधनमा विभिन्न पार्टीका नेता, व्यक्ति र संघसंस्थाहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update