Sagun Khabar
अब्बल बन्दै भुवनेश्वरी मावि खैरकोट, एसईईमा शत प्रतिशत परीक्षार्थी उत्तीर्ण 

बैतडी–बैतडीको सिगास गाउँपालिका ५ खैरकोटस्थित भुवनेश्वरी मावि अब्बल सामुदायिक विद्यालयको रुपमा विकसित हुन थालेको छ । दुर्गम क्षेत्रको सामुदायिक विद्यालयले हरेक बर्ष एसईईमा उत्कृष्टता हासिल गर्दै आएको विद्यालयका प्रधानाध्यापक विरेन्द्रसिंह धामीले बताए । 

२०८२ सालको एसईईमा विद्यालयबाट सहभागी भएका सबै १८ जना उत्तीर्ण भएका प्रधानाध्यापक धामीले बताए । १९ जनाले परीक्षा फारम भरेकोमा एकजना परीक्षा सहभागी नभएका र परीक्षामा सहभागी भएका सबै १८ जना उत्तीर्ण भएका प्रधानाध्यापक धामीले बताए । 

२०८१ सालको एसईईमा विद्यालयबाट सहभागी भएका १३ जनामध्ये १२ जना उत्तीर्ण भएका थिए भने २०८० सालको एसईईमा १३ जनामध्ये ११ जना उत्तीर्ण भएका विद्यालयका सहायक प्रधानाध्यापक टेकबहादुर धामीले बताए । 

विभिन्न समस्याका बापजुत पनि भुवनेश्वरी मावि खैरकोटले उत्कृष्ट पठनपाठनको व्यवस्थापन गरिरहेको विद्यालयका प्रधानाध्यापक धामीको दाबी छ । कक्षा १० सम्मको पढाइ हुने उक्त विद्यालयमा अहिले २ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update