Sagun Khabar
बैतडीका भवानीको उपचारमा समस्या, आर्थिक सहयोग गरिदिन अपिल 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका ६ धुलिधारका भवानीदत्त अवस्थीको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ । रोजगारीको सिलसिलामा भारतको हैदरावादमा रहेका अवस्थीको एक्कासी मृगौला र कलेजोमा समस्या आएपछि अहिले सोही ठाउँको एआइजी हस्पिटलमा उपचार भईरहेको छ । 

अस्पतालमा दैनिक ५० हजार बढी खर्च भईरहेकाले अवस्थीको उपचारमा समस्या भएको उनका छोरा भोजराज अवस्थीले बताए । उनले भने ‘अहिले दैनिक ५० हजार बढी खर्च भईरहेको छ । कहाँबाट खर्च जुटाउने, आर्थिक अभावमा बुवाको उपचार गर्न निकै समस्या भएको छ ।’

Atrya hospital

रोजगारीको सिलसिलामा हैदरावादमै रहेका अवस्थीको गएको हप्ता एक्कासी स्वास्थ्यमा समस्या आएको थियो । घरमै रहेका उनका छोरा भोजराज अहिले हैदरावादमा पुगेपनि आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको छ । आफ्नो बुवाको उपचारमा आर्थिक सहयोग गरिदिन उनले सबैलाई अनुरोध समेत गरेका छन् । उनले भने ‘अहिले मेरो बुवा हस्पिटलको बेडमा हुनुहुन्छ । मेरो आर्थिक अवस्थाले बुवाको उपचार गर्न समस्या छ । मेरो बुवाको ज्यान जोगाईदिन सबै सहयोगी मनप्रति अनुरोध गर्दछु ।’

घरको आर्थिक अवस्था समेत कमजोर रहेका अवस्थीको उपचारका लागि भारतमा संगै काम गर्नेहरुले अहिले आलोपालो मिलाएर अस्पतालमा जाने गरेका भएपनि आर्थिक अभावमा उपचार गर्न निकै कठीन भएको उनका भाई डम्मरदत्त अवस्थीले बताए । उनले भने ‘हामी पनि सबै मजदुरी गर्न आएका छौं । एकातिर अस्पताल बस्नुपरेको छ । अर्कोतिर पैसाको जोहो गर्न निकै मुस्किल भएको छ । दाजुको जीवन रक्षाका लागि सहयोग गरिदिन सबै सहयोगी मनप्रति अनुरोध गर्दछु ।’

यसैबीच भवानीदत्त अवस्थीको उपचारमा सहयोग गर्न हुने महानुभावहरुले तलको खाता नम्बरमा सहयोग रकम जमा गर्न सक्नुहुनेछ । 

खाताको नाम :महेश प्रसाद अवस्थी 
बैंक : ग्लोबल आइएमई बैंक गोठलापानी बैतडी 
खाता नम्बर : ३१०७०१०००९९४७
इ सेवा नम्बर : ९८५८७५२०९९
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ०८:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update