Sagun Khabar
एमाले बैतडीको संगठन बिस्तार कार्यक्रम जारी

बैतडी– गत १ महिना यता संगठन बिस्तारको अभियानमा लागेको नेकपा एमाले बैतडीले वडा स्तरीय कार्यक्रम अन्तीम चरणमा पु¥याएको छ । जिल्लाका १० मध्ये ७ स्थानियतहमा यसअघि नै वडा स्तरीय कार्यक्रम सम्पन्न गरेको एमालले अहिले पुर्चौडी र दशरथचन्द नगरपालिकाका कार्यक्रम पनि सिद्ध्याएको छ । अब जिल्लाको डिलाशैनी गाउँपालिकाका वडा स्तरीय कार्यक्रम मात्रै बाकीँ छन् । डिलाशैनीमा कार्यक्रम जारी रहेको पार्टि जिल्ला सचिवालय सदस्य सरस्वति नेपालिले बताइन् ।


जिल्लाका सवै वडाहरुमा कार्यकर्ता भेला गरिरहेको एमालेले वडाहरुमा अधिवेशन आयोजक कमिटिहरु गठन गरिरहेको छ । यसका साथै संगठित सदस्यता नविकरण, नयाँ सदस्यता वितरण र पार्टि र भातृ संगठन पुर्नगठन गरिरहेको एमालेले जनाएको छ । 
आगामी कार्तिक ९ गते सबै वडामा एकै पटक अधिबेशन सम्पन्न गरिने एमाले नेतृ नेपालीले बताइन् । वडाहरुमा एमालेको वर्तमान अवस्थाका बिषयमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको उनले बताइन् ।

Atrya hospital


कार्तिक ९ गते जिल्लाका सबै वडाहरुको अधिवेशन सम्पन्न गरेपछि कार्तिक १५ गते पालिकाहरुमा अधिवेशन हुने र मसिंरमा जिल्ला अधिबेशन हुने एमाले बैतडीले जनाएको छ । 


पार्टिको जिल्ला अधिवेशन संगै जनवर्गिय संगठन र शुभेच्छुक संगठनहरुको समेत अधिवेशन गरिने एमालेका जिल्ला प्रचार प्रसार विभाग प्रमुख रमिल बमले बताए । अहिले आफुहरु संगठन बिस्तारका क्रममा गाउँघरमा पुग्दा अन्य पार्टिका ब्यक्तिहरु एमालेमा प्रवेश गरिरहेको उनले बताए । पार्टि फुटेको भएपनि बैतडीमा नेकपा(एस)को पक्षमा कर्यकर्ताहरु नगएको उनले दावी गरे । 


अहिले वडा स्तरीय कार्यक्रम सकेर नेताहरु केन्द्रीय विधान अधिवेशनका लागी काठ्माण्डौँ जाने बताइएको छ । 


यहि असोज १५ देखी १७ गते सम्म काठ्माण्डौँमा हुने विधान अधिवेशनका लागी जिल्लाका २० जना नेताहरु काठ्माण्डौँ जाने पार्टिको जिल्ला सचिवालय सदस्य प्रजापति जोसीले बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update