Sagun Khabar
प्रहरी सेवामा ३० बर्ष बिताएका प्रहरी निरीक्षक बडूको भव्य बिदाइ 

बैतडी–नेपाल प्रहरीमा तीस बर्ष सेवा गरेका प्रहरी निरीक्षक बल्देव बडूको अनिवार्य अवकाशपछि आज भव्य बिदाइ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीले आज एक कार्यक्रमको आयोजना गरेर प्रहरी निरीक्षक बडूको बिदाइ गरिएको हो । 

२०५३ साल जेठ १४ गते प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गरेका बडूले ३० बर्षे सेवा अवधि पूरा गरेपछि बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दिपककुमार रायले बताए । 

प्रहरी प्राविधिक धारतर्फका प्रहरी निरीक्षक बडू गएको डेढ बर्षदेखि जिल्ला प्रहरी कार्यालय बैतडीमा काजमा कार्यरत रहेका थिए । 

दशरचथन्द नगरपालिका– ७ सुर्कालको एक समान्य परिवारमा जन्मेका बडूले बिदाइ  कार्यक्रममा ३० बर्षे सेवा अवधिको सम्झना सुनाएका थिए । 

नेपाल प्रहरीजस्तो गौरवपूर्ण इतिहास बोकेको संगठनमा आफ्ना उर्जाशील ३० वर्ष विताउन पाउँदा निकै खुसी लागेको उनले बताए । 

बिदाइ कार्यक्रममा भावुक बन्दै बडूले प्रहरी संगठनले आफूलाई धेरै कुरा दिएको सुनाए । प्रहरी सेवाको अन्तिमतिर आफ्नो जन्मभूमिमा सेवा दिन पाउँदा निकै खुसी लागेको उनले बताए । 

राजनीतिशास्त्रबाट स्नातकोत्तर गरेका बडूले अवकाशपछि पनि आफू समाजसेवा र नागरिकको सेवामा समर्पित हुने बताए । कानूनबाट स्नातक गरि अधिवक्ताको उपाधि समेत पाएका बडूले अबका दिनमा कानून व्यवसायिका रुपमा समाजको सेवा गर्ने र प्रहरी संगठनप्रति सदैव जिम्मेवार रहने बताए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दिपककुमार राय, प्रहरी निरीक्षक सुरज सिंह लगायत प्रहरी कर्मचारीहरुले बडूलाई फूलमाला, अबिर र दोसल्ला ओढाएर बिदाइ गरेका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update