Sagun Khabar
सुदूर पहाडमा भूकम्पको धक्का महसुस 
Atrya hospital

बैतडी –बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा शुक्रबार राती भूकम्पको धक्का महसुस गरिएको छ । राती  ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङ लगायतका जिल्लामा धक्का महसुस गरिएको हो । 

४ दशमलब ४ रेक्टर स्केलको भुकम्पको केन्द्र बिन्दु दार्चुला सदरमुकामबाट उत्तरपश्चिम ४० किलोमिटर भारतमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले बताए । 

यसअघि गत असोज ४ गते पनि दार्चुलाको खार केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । 
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ०७:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update