रास्वपा पाटन कमिटिको सभापतिमा चन्द
बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाटन नगर कमिटि सभापतिमा तिलकबहादुर चन्द चयन भएका छन् ।
आज भएको प्रथम नगर अधिवेशनले चन्दको सभापतित्वमा ११ सदस्यीय नगर कमिटि गठन गरेको हो ।
उक्त समितिको उपसभापतिमा लिलाधर भट्टराई, सचिव भरतसिंह बिष्ट, कोषाध्यक्षमा हिराकुमारी भट्ट लगायत अन्य सदस्यहरु रहेका छन् ।
यस्तै आरएटी संयोजकमा जयराज पन्त, संगठन विभाग संयोजकमा कृष्णदत्त पन्त र अनुशासन समिति संयोजकमा दिनेशप्रसाद अवस्थी चयन भएका नगर कमिटि सचिव भरतसिंह बिष्टले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३ १८:१४
प्रतिक्रिया दिनुहोस्





