बैतडी–बैतडीको सुर्नया गाउँपालिका –२ स्थित वासुदेव मावि लिस्किटामा भोलि गौरा पर्व बिशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
सुर्नया युनाइटेड क्लबको आयोजना र वासुदेव माविको व्यवस्थापन सञ्चालन हुने कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा चर्चित गायक चक्र बम र चर्चित गायिका हरिना नाथको सहभागिता रहने आयोजक सुर्नया युनाइटेड क्लबका अध्यक्ष प्रकाश साउँदले बताए ।
यस्तै उक्त कार्यक्रममा गायक रघुबीर भट्ट (रोज), राम बिष्ट (जक्सन बरायल), सोपान कुमार टिआर, रामसिंह महरा लगायतका कलाकारहरुको सहभागिता रहने उनले बताए ।
यस्तै राष्ट्रिय तेक्वान्दो खेलाडी तथा रेफ्री धनबहादुर बिष्ट, तेक्वान्दो खेलाडी तथा रेफ्री प्रकाश साउँद लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाले सहभागिताका लागि सबैलाई आग्रह गरिएको छ ।
यस्तै खेलकुदमा समर्पण, संस्कृति संरक्षण र मानवताका लागि एक कदम भन्ने मूल नाराका साथ स्थापना भएको सुर्नया युनाइटेड क्लबको औपचारिक उद्दघाटन समेत गरिने आयोजकले जनाएको छ ।




