Sagun Khabar
सुरक्षा घेराबीच मुख्यमन्त्री शाहले गरे लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल औपचारिक रूपमा उद्घाटन गरेका छन् । लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला कडा सुरक्षा व्यवस्थाबीच अस्पताल उद्घाटन गरिएको हो । 

प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीच लामो समयदेखि चल्दै आएको विवादकै बीच मुख्यमन्त्री शाहले अस्पताल उद्घाटन गरेका हुन् ।  उद्घाटन समारोहका क्रममा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने नगर प्रहरीलाई कार्यक्रममा प्रवेश गर्न रोक लगाइएको थियो । नगर प्रहरीलाई नगरपालिका भन्दा बाहिर आउन दिइएको थिएन ।

उद्घाटन समारोहमा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रदेशसभा सदस्य रामेश्वर चौधरी, नगर उपप्रमुख जुना चौधरीलगायतको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update