Sagun Khabar
माओवादी केन्द्र संगठन बिस्तारमा, नेताहरु गाउँघर केन्द्रीत

बैतडी - नेकपा माओवादी केन्द्र बैतडीले संगठन बिस्तार तथा सदस्यता नविकरण कार्यलाई तिब्रता दिएको छ । हाल जिल्ला भरी ४ हजार ५ सय संगठित सदस्य रहेकोमा १० हजार सदस्य पु¥याउने उदेश्य सहित अभियान सञ्चालन गरेको पार्टिका जिल्ला सचिवालय सदस्य कमलसिंह बोहराले बताए । उनले भने‘हाम्रा हाम्रो पार्टिका सबै संगठनहरु बिस्तार गरी ब्यवस्थीत बनाउने क्रममा छौँ । सबै सदस्यहरुको नामावलि अनलाईन प्रणालीमा राख्छौँ । पुराना नविकरण र नयाँ सदस्यता थप गर्ने क्रममा छौँ ।’ अहिले पार्टिका नेता कार्यकताहरु संगठीत सदस्यहरुको फारम बोक्दै गाउँघरमा घुमिरहेको उनले बताए । 


सदस्यता नविकरणका साथै नयाँ सदस्य थप गर्ने र वडा स्तरका कमिटिहरुलाई सक्रिय गराउने काम गरिरहेको पार्टिका प्रदेश कमिटि सदस्य संकर भण्डारीले बताए । अहिले माओवादी केन्द्र सम्बद्ध युवा, बिद्यार्थी, महिला, किसान लगायतका सवै जनवर्गिय संगठनहरुलाई सक्रिय गराउने कार्य गरिरहेको उनले बताए । 

Atrya hospital


भरखरै अखिल क्रान्तिकारीको जिल्ला अधिबेशन सम्पन्न गरिएकोमा अहिले अखिल नेपाल महिला संघ(क्रान्तिकारी) र वाइसियलका वडा कमिटिहरुको भेला सम्पन्न गरिरहेको पार्टिका जिल्ला सयोजक एंव प्रदेश सांसद जिल्ला प्रेम प्रकाश भट्ट(आदित्य)ले बताए । 


नेकपा माओवादी केन्द्रको जिल्ला अधिबेशन आगामी कार्तिक महिनामा सम्पन्न हुने हुदाँ स्थानिय स्तरमा रहेका नेता कार्यकर्तालाई सक्रिय बनाउन पार्टिका नेताहरु गाउँघर घुम्न थालेका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update