Sagun Khabar
बैतडीमा बिहीबार थप ८ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा बिहीबार थप ८ जनामा कोरोना पुष्टि भएको छ । केही दिनदेखि नयाँ संक्रमितको संख्या शुन्य रहेको बैतडीमा आज भने एकैदिन ८ जना थपिएका हुन् । दशरथचन्द नगरपालिकाका ५ जना, पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै बझाङका एकजनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए ।

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १७ जना रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १२ जना, पाटन नगरपालिकामा २ जना र सुर्नया गाउँपालिकामा एकजना रहेका छन् । सुर्नया गाउँपालिकामा केही दिनदेखि सक्रिय संक्रमित शुन्य रहेकोमा आज थप एकजनामा कोरोना पुष्टि भएको हो ।

जिल्लाका ७ ओटा स्थानीय तहमा भने तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका,डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा जिल्लामा बाहिरका २ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update