Sagun Khabar
व्यापारी  मृत्यु प्रकरण : ५ जना प्रहरीको नियन्त्रणमा 

बैतडी -बैतडीको सुर्नया गाउँपालिका ४ स्थीत शनसेरीमाण्डौँका ब्यापारी मृत्यु प्रकरणमा ५ जना पक्राउ परेकाछन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका कमलसिंह महरा आज बिहान मृत अवस्थामा भेटिएपछि अनुसन्धानका लागी त्यहाँ पुगेको प्रहरीको टोलीले हत्या आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका ब्यक्तिहरुको परिचय प्रहरीले खुलाएको छैन् । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक दर्शन खड्काले बताए ।  

Atrya hospital


मृतक महराको सरीर भरी चोटपटक र निलडामका साथै टाउको र छातीमा गम्भीर चोट रहेकाले उनको हत्या भएको आशंका गरिएको छ । 


मासु पसल सञ्चालन गर्दै आएका मृतक महराको आफ्नो पसल बन्द रहेको पाइएको छ भने, उनको शव २ सय मिटर टाढा राम महरा र हिक्मत महराको पसल अगाडी भेटिएको थियो ।


शव भेटिएको ठाउँका पसलेले आफुलाई घटना बारे जानकारी नभएको बताएपनि पसल भित्रै रगत भेटिएको स्थानिय प्रताप महराले बताए । उनले भने‘ पुर्ण रुपमा हत्या भएको जस्तो छ । सरीरभरी निलडाम र घाउहरु छन् । टाउको फुटेको छ भने, छातीमा गम्भीर प्रकारको चोट छ ।’


मृतक महरालाई राती १०बजे घरबाट बुहारीले फोन गर्दा घर आउन ढिलो हुने र आफ्ना लागी खाना छोपेर राखिदिन भनेका थिए । मृतकको खल्तीमा केहि नगद पैषा र १ पाउ जति पकाएको मासु समेत भेटिएको छ । 


मृतक महराको घरमा श्रीमति, २ छोरा, १ बुहारी र २ नातिनि रहेकाछन् । मृतकका जेठा छोरा मानसिक सन्तुलन गुमाएका छन् भने, कान्छा छोरा बैदेशीक रोजगारीको क्रममा साउदी अरेवीयामा रहेको स्थानिय गणेश भाटले बताए । 
मृतकको शव पोष्टमार्टका लागी जिल्ला अस्पताल बैतडी ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update