बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
बैतडी – बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन । जिल्लाको पाटन नगरपालिका–२ कफल्चौडाका ४० वर्षीय सुरेन्द्र मल्ललाई एक नाल बन्दुकसहित पक्राउ गरिएको हो ।
बुधबार मल्लले गोठमा लुकाइराखेको अवस्थामा अवैध एक नाले भरुवा बन्दुक फेला परेपछि बन्दुकसहित मल्ललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलदेव बडूले बताए ।
विशेष सूचनाको आधारमा खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहनराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले मल्ललाई बन्दुकसहित नियन्त्रणमा लिएको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३ १४:२०
प्रतिक्रिया दिनुहोस्





