Sagun Khabar
शन्सेरीमाडौँमा एक ब्यापारि मृत फेला, हत्याको आशंका

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा न. ४ सन्सेरीमाण्डौँ बजारका एक ब्यापारी मृत अवस्थामा फेला परेकाछन् । सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया ४ लेकडाँडा निवासी अन्दाजी ४५ बर्षका कमलसिंह महरा आज बिहान मृत अवस्थामा भेटिएका हुन् । 

बिहान साडे ६ बजे स्थानियबासीले महराको शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानिय गणेश भाटले बताए । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ । मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । मृतकको शब स्थानिय राम महरा र हिक्मत महराको पसल अगाडी भेटिएको हो । 

Atrya hospital

घटना राती १० बजे पछिको समयमा भएको हुनसक्ने स्थानियबासीको अनुमान रहेको छ ।

मृतकको टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । मृतकको टाउको, छाती र शरिरका बिभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानबिन गरिनुपर्ने स्थानिय प्रताप महराले बताए । 

मृतक महराको पसल बन्द रहेको छ भने, उनको शब आफ्नो पसल भन्दा २सय मिटर पर भेटिएको हो । अहिले इलाका प्रहरी कार्यालय पाटन बैतडीको टोली अनुसन्धानका लागी घटनास्थल पुगेको छ । 


घटनाका बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक राजेश शाहीले बताए । 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०९:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update